चितवनमा पैदलयात्रुलाई प्रहरीको खाजाः चिउरा, दालमोठ र चिप्स

चैत्र १६, चितवन । चितवनमा प्रहरीले यात्रुहरुलाई खाजा वितरण गर्न सुरु गरेको छ ।  

लकडाउन भएपछि विभिन्न स्थानबाट आफ्नो घर जान हिँडेका पैदलयात्रु भोकभोकै हिँड्ने गरेकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय नारायणगढले नागरिक सहायता कक्षबाट खाजा वितरण गर्न सुरु गरेको छ ।  

दैनिक ज्यालामजदुरी गर्ने नागरिकहरु लकडाउनले गर्दा काम नपाएपछि आफ्नो घरतर्फ पैदलनै हिडेका छन् । बुटवलदेखिका यात्रुहरु पैदल बारा , पर्सा, सर्लाही लगायतको जिल्ला जानको लागी हिड्ने गरेको पाइएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रविनवाबु रेग्मीले जानकारी दिए ।  

टाढाबाट भोकभोकै हिडेका यात्रुको लागि भुजा, चिउरा, दालमोट, आलु चिप्स, पानी वितरण गर्न सुरु गरिएको प्रहरी निरिक्षक रेग्मीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *