उपचारको क्रममा बिरामीको मृत्यु भएपछी न्यूरो अस्पताल तनावग्रस्त

फागुन २०, बिराटनगर । न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा  बिरामीको मृत्यु भएपछी तनावग्रस्त बनेको छ ।   

उपचारको क्रममा  विराटनगर केसल्या रोडका ४५ वर्षिया सुरेश शाहको मृत्यु भएपछी अस्पतालको स्थिती तनावग्रस्त भएको हो ।   

गत फागुन ८ गते घरको ६ फिट अग्लो छतबाट खस्दा सुरेशको टाउकोमा गम्भिर चोट लागेको उनको छोरा गौतम शाहले बताए ।  सुरेशलाई घटना लगत्तै उपचारका लागि न्युरो अस्पताल लगिएको उनले बताउँदै उनले भने ‘ डाक्टरले टाउकोमा ब्लड जमेको छ भनेर अस्पताल ल्याएकै दिन पहिलो अप्रेशन गर्न लगाएका थिए र विरामीको ४८ घण्टामाा  होस आउनुपर्ने भए पनि होस नआई दोस्रो अप्रेशन १७ गते शनिवार गराउन लगायो ।’ 

पहिलो पटकको अप्रेशन डा.मोहन कार्कीले गरेको र दोस्रो अप्रेशन डा. यम बहादुर रोक्काले गरेको गौतमले बताए । तर सोमबार राति १० बजे  अस्पतालले सुरेशलाई मृत घोषण गरेपछी अस्पतालको लापरवाहीका कारण सुरेशको  मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आक्रोशित बनेका थिए । 

मृतकका परिवारले क्षातिपूर्तीको माग गर्दै स्थिती तनावग्रस्त बनाएपछी  अस्पताल प्रशासन र मृतकका परिवारबीच आन्तरिक छलफलमा भए पनि थप बिवरण भने आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *