धनुषामा एक जनाको हत्या, कान्छी श्रीमती र प्रेमी पक्राउ
२०७६ फागुन २८ गते

फागुन २८, जनकपुरधाम । धनुषामा एकजनाको हत्या भएको छ । शहीद नगरपालिका ३ यदुकोहाका ५५ बर्षीय राजकिशोर मण्डलको बुधबार विहान हत्या भएको हो ।
मण्डलको आफ्नो घरमा सुतिरहेका बेला हत्या भएको इलाका प्रहरी कार्यालय यदुकुोहाले जनाएको छ ।
प्रहरीका अुनसार मण्डलको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा आफ्नै कान्छी श्रीमतीको मिलेमतोमा हत्या भएको देखिएको प्रहरीले बताएको छ ।
null
२०७६ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








