धनगढीमा छरियो किटनाशक औषधि

चैत्र १३, धनगढी। कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि धनगढी उपमहानगरमा किटनाशक औषधि छर्किने काम सुरु गरिएको छ। उपमहानगरपालिकाले बजारको मुख्य सडकलगायतका ठाउँमा किटनाशक झोल औषधि छर्किन सुरु गरेको हो।   

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख  कुम्भराज शर्माले नगर क्षेत्रको मुख्य सडकसहित बढी बस्ती भएको क्षेत्रका सडक, खाल्डाखुल्डी र फोहोर भएका क्षेत्रका सडकमा औषधि छर्किने काम भइरहेको बताए। धनगढी उपमहानगरपालिकाले आफ्नै पहलमा सडकमा औषधि छर्ने काम गरिरहेको उनले बताए।   

‘किटनाशक झोल औषधिलाई पानीमा मिसाएर सडकमा छर्किने काम भइरहेको छ,’ उनले भने, ‘बढी फोहोर, बाक्लो बस्ती र खाल्डाखुल्डी भएका सडकमा औषधि छर्किरहेका छौँ।’ औषधि छर्ने काम निरन्तर जारी रहने स्वास्थ्य शाखा प्रमुख शर्माले बताए। उनकाअनुसार उपमहानगरपालिकाले किटनाशक औषधि छर्किने काम हिजोदेखि सुरु गरेको हो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *