एन आई सी एशिया क्यापिटलले तेश्रो वर्ष पुरा भएको अवसरमा दियो सेवामा विशेष छुट

फागुन २२, काठमाडौँ ।  बिहिबार  एन आई सी एशिया क्यापिटल लिमिटेडले तेश्रो वर्ष पुरा भएको अवसरमा क्यापिटलको सेवामा विशेष छुट योजना ल्याएको छ । 

क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष  छुट योजना ल्याएको हो । 

जस अन्तर्गत फागुन २२ गते देखि  २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै फागुन २२ गते देखि २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

यस अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोवार गर्ने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन(Portfolio Management Service-PMS) सेवा लिइरहेका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा  क्यापिटल परिवारले  कृतज्ञता तथा आभार व्यक्त गरेको छ ।   

आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने क्यापिटलले जानकारी गराएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *