ओपोद्वारा नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक

फागुन २३, चीन । ओपोले आज आधिकारिक रुपमा आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू  सिरिज, फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको छ । 

सबै उत्पादनहरु मार्फत ओपोले आफ्नो फ्ल्यागशिप फाइभजी प्रतिको प्रतिबद्धता झल्काउन असंख्य अत्याधुनिक प्रविधिको समायोजन उपलब्ध गराएको छ । साथै, फाइभजी यूगको विभिन्न प्रयोग अवस्थामा उपभोक्तालाई सहजता प्रदान गर्दै सघाउने सोचका साथ ओपोले ओपो फाइभजी ओम्नी र फ्ल्यागशिप फाइभजी सीपीई उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।   

 कम्पनीले फाइभजी ब्यवसायिकिकरणमा अझ तिब्रता ल्याउँदै वैश्विक प्रयोगकर्तालाई अदृतिय फाइभजी अनुभव प्रदान गर्नका लागि “ओपो फाइभजी ल्याण्डिङ प्रोजेक्ट”मा ११ वैश्विक क्यारियर्सको सहभागिताको पनि घोषणा गरेको छ । 

ओपोका उपाध्यक्ष तथा ग्लोबल मार्केटिङका अध्यक्ष ब्रायन शिनले भने, “फाइन्ड एक्सटू सिरिजको सार्वजनिकले ओपोको हाई-एण्ड उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ । सन् २०२०मा वैश्विकस्तरमै फाइभजी सर्वब्यापी हुने तयारीमा छ । यस अवस्थामा पार्टनर्सहरु संग सहकार्य गर्दै फाइभजी अपनत्वमा सघाउन हामी आशावादी छौँ । मानिसहरुको दैनिक आवश्यकता पूर्तिदेखि विविध स्मार्ट उत्पादन मार्फत वैश्विक प्रयोगकर्ताको जीवनलाई स्मार्ट बनाउँदै लैजाने हाम्रो उद्देश्य हो ।” 

उपभोक्ताका हाई-एण्ड डिमान्ड पूर्तिका साथै प्रिमियम अनुभव 

ओपोको नयाँ नवप्रबर्तनात्मक उत्पादन तथा प्राविधिक पोर्टफोलियोका रुपमा फाइन्ड एक्सटू सिरिजमा थ्रीके क्यूएचडी+ रिजोल्यूशन , १२० एचजेड अल्ट्रा हाई रिफ्रेश रेट र २४० एचजेड टच स्याम्प्लिङ रेट सपोर्ट गर्ने ओपोको सर्वोत्कृष्ट १२० एचजेड अल्ट्रा भिजन स्क्रिन उपलब्ध गरिएको छ ।  

यसले प्रयोगकर्तालाई थप स्मूथनेसका साथमा उत्कृष्ट दृष्यानुभूति प्रदान गर्छ । क्वालकम स्न्यापड्रायगन ८६५ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित पहिलो मध्य एक फाइन्ड एक्सटू सिरिजले डुअल मोड फाइभजी सपोर्ट गर्नुका साथै ओपोको स्मार्ट फाइभजी परफरमेन्स अप्टिमाइजेसन समाधान प्रदान गर्छ । यसले समग्र फाइभजी परफरमेन्समा सुदृढिकरण ल्याउँछ । साथै, यसले ६५ वाट सुपरभोक २.०पनि सपोर्ट गर्छ, यो उद्योगमै ब्यवसायिक रुपमा उपलबध हाल सम्मको सर्वाधिक तिब्र गति सहितको चार्जिङ प्रविधि हो, जसले फाइभजी यूगमा उपभोक्तालाई उत्कृष्ट चार्जिङ अनुभव प्रदान गर्छ ।   

त्यसैगरी, फाइन्ड एक्सटूमा पूर्णरुपमा अपग्रेडेड ईमेजिङ अनुभव प्रदान गर्न ४८एमपी वाइड एंगल लेन्स, ४८एमपी वाइड एंगल क्यामेरा र १३ एमपी पेरिस्कोप टेलिफोटो क्यामेरा सुसज्जित ओपोको सर्वाधिक शक्तिशाली र बहुउपयोगी अल्ट्रा भिजन क्यामेरा प्रणाली उपलब्ध गरिएको छ । अनुकूलित आईएमएक्स६८९ सेन्सरमा आधारित फाइन्ड एक्सटू प्रोले उद्योगकै सर्वाधिक अत्याधुनिक अल पिक्सेल ओम्नि डिरेक्सनल पीडीएएफ प्रविधि उपलब्ध गराएको छ । यसले १००% पिक्सेल फोकसिङको क्षमता राख्छ । फाइन्ड एक्सटू प्रो १२बिट फोटो क्याप्चरिङ क्षमता सुसज्जित पहिलो मोबाइल फोन पनि हो । 

फाइन्ड एक्स र लाम्बोर्गिनी विचको पछिल्लो सहकार्यहरु पछ्याउँदै ओपोले फाइन्ड एक्सटू प्रो लाम्बोर्गिनी एडिसनपनि सार्वजनिक गरेको छ । सटिक हस्त रहित अनुभव प्रदान गर्न थर्मल अब्जर्पसन ग्लास प्रविधिको प्रयोग उद्योगमै यो नै पहिलो पटक हो ।   

  

ओपोले कार्यक्रम मार्फत ब्रिटिस अभिनेता एडी रेडमाइन्ससंग ग्लोबल ब्राण्ड एम्बेसेडरका रुपमा सहकार्यको घोषणा पनि गरेको छ । रेडमाइन्सको कलाकारीताका क्षेत्रमा समर्पण र योगदान र नयाँ कार्य गर्ने भोक र त्यसका लागि सिमाना भन्दा माथी उक्लने सामर्थ ओपोको सौन्दर्य सन्तुष्टि र नवप्रबर्तनात्मक प्रविधिको सही तालमेलका लागि निरन्तर तत्पर्तासंग मिल्दो जुल्दो छ ।   

New 5G CPE product and first OPPO Watch to help build multi-portal ecosystem of intelligent devices 

ओपोद्वारा कार्यक्रम मार्फत ओपो फाइभजी सीपीई ओम्निपनि सार्वजनिक गरेको छ । स्न्यापड्रागन एक्स५५ मोडेमद्वारा सञ्चारित ओपोको प्रोप्राइटरी ओ रिजर्भ फाइभजी स्मार्ट एन्टेना र ओ मोसन ३६० फाइभजी एन्टेना सहितको यो उपकरणले फाइभजी नेटवर्कमा ७.५जीबीपीएसको गति प्रदान गर्ने क्षमता राख्छ । उपकरणले वाईफाई ६ सपोर्टगर्नुका साथै बीएलई ४.१ र जीगबी ३.० प्रोटोेकलसंगपनि कम्प्याटिबल रहेको छ । उपभोक्तालाई सहज स्मार्ट फाइभजी कनेक्टिभिटी अनुभव प्रदान गर्ने यो प्राविधिक उत्पादन ब्यवसायिक रुपमा पहिलो चरणमा पश्चिमी यूरोप र एसिया प्यासेफिकमा उपलब्ध गरिने छ भने चीनमा भने क्रमशः उपलब्ध गराउने जानकारी दिइएको छ ।   

  

ओपोले कार्यक्रम मार्फत नै आफ्नो पहिलो स्मार्ट वाचपनि सार्वजनिक गरेको छ । कम्पनीले वाचमा निकै नवप्रबर्तनात्मक रुपमा फ्ल्यागशिप स्मार्टफोनहरुमा प्रयोग हुँदै आएको थ्रीडी फ्लेक्जिवल हाइपरबोलोइड डिस्प्ले प्रयोग गरेको छ । उपकरणमा ब्यूल्टइन सेल्यूलर कनेक्टिभिटी र ब्यापक हेल्थ मनिटरिङ प्रणाली जडान गरिएको छ । ओपोको प्रप्राइटरी डुअल चिप ईन्ड्यूरेन्स प्रणाी र वाच भोक फ्ल्याश चार्जिङ प्रविधि जडित ओपो वाच मात्र ७५ मिनेटमा पूर्णरुपमा चार्ज गर्न सकिन्छ । यसलाई १५ मिनेट चार्ज गर्दा ४६ प्रतिशत ब्याट्री चार्ज हुनुका साथै १८ घण्टा सम्म काम गर्छ ।   

फाइभजी सीपीई र स्मार्ट वाच सार्वजनिक संगै ओपोले लगातार स्मार्ट उपकरणका विभिन्न रेञ्जहरु सार्वजनिक गर्दै जाने बताएको छ । ब्यक्तिगत, घर, यात्रा र अफिस गरी विशेष चार प्रयोग क्षेत्र समेट्ने कम्पनीको योजना रहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *