रोल्पाको टुटुमिरूलमा दुई बाेरा बम फेला

फागुन २९, रोल्पा । रोल्पा जिल्ला स्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । 

स्थानीय घाँसीले बुधबार थबाङ–३ टुटुमिरूल स्थित कुवारी जंगलमा बम फेला पारे पछि ईलाका प्रहरी कार्यालय घर्ती गाउँलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक शंकर खड्काले उत्तरी रोल्पास्थित प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको बताए ।   

घाँसी काट्ने स्थानीयले  बिहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निष्कृय पार्ने योजना बनाएको छ । प्रहरी निरीक्षक खड्काले बम रहेको स्थानलाई त्यहाँबाट करिब १ सय मिटर टाढा रहेको ईलाका प्रहरी कार्यालय घर्ती गाउँको  नियन्त्रणमा रहेको छ । उनले भने बोरामा ८० देखि ८५ वटा सकेट बम फेला परेको छ डिस्पोज गर्दै छाैँ ।  

प्रहरी निरीक्षक खड्काका  अनुसार बम राखिएको दुई वटा बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला बिद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।  बम निष्कृय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थल पुगिसकेको छ । सेनाले भिरमा खाल्टो खनेर टिएमटी,सकेट र डेटोनियटरको सहायताले डिस्पोज गर्दै छ । 

हाल बम राखिएको क्षेत्रको सुरक्षार्थ ईलाका प्रहरी कार्यालय घर्ती गाउँ र नेपाली सेनाको खड्ग दलका सह सेनानी हेमन्त खड्काको टोली खटिएको छ  । सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बम फेला पारिएपछि सुरक्षा समितिको बैठक बसेको डिस्पोजल टोलीले डिस्पोज गरिने बताए ।   

सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *