मोरङमा पेस्तोल र गोलीसहित तीन पक्राउ
२०७६ फागुन ३० गते

फाेटाेः गुगल
फागुन ३०, मोरङ । प्रहरीले मोरङमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा तीनजना युवालाई कटुवा पेस्तोल र गोली सहित पक्राउ गरेकाे छ ।
गएराती मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित एक पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनीहरुलाई कटुवा पेस्तोल र गोली सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट पेस्तोल १ थान र गोली १ राउण्ड बरामद गरिएको छ भने उनीहरुले प्रयोग गरेका अनटेष्ट लेखिएको मोटरसाइकल समेत नियन्त्रणमा लिईएको छ ।
पक्राउ परेका तीनै जनामाथी आवश्यक कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








