गीतकार तारा अधिकारीको ‘सुनौलो तारा” को बिमोचन

चैत्र ५ काठमाडौं । गीतकार तारा अधिकारीको दोस्रो एल्बम “सुनौलो ताराको बिमोचन समारोह सम्पन्न  भएकाे छ ।  

उनको पहिलो एल्बम सपनाको घर भन्ने थियो । त्यसले पनि धेरै नै चर्चा पाएकाे थियाे । उनी गीत सङ्गितमा यसरी अगाडि बढ्नुमा उनका श्रीमान भरत प्रसाद कँडेलको पनि ठुलो हात रहेको छ । 

कार्यक्रममा सभापति वरिष्ठ गितकार साँस्कृतिक बिदा चलचित्रकर्मी चेतन कार्कीको विशेष उपस्थिति रहेको थियो । त्यसैगरि प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री नेपाल सरकारका पूर्व सचिव तथा गितकार शङ्कर प्रसाद कोइरालाको पनि  उपस्थिति रहेको थियो ।  

बिशिष्ट अतिथिको रुपमा नेपालकी पहिलो नायिका तथा गायिका भुवन चन्द, बरिष्ठ सङ्गितकार तथा गायक जगतमर्दन थापा बरिष्ठ गीतकार सङ्गितकार तथा गायक गणेश सरिक बरिष्ठ लेखिका, नारायण गोपाल सङ्गीत कोषकी अध्यक्ष उषा शेरचन, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक के.सी. र बरिष्ठ गीतकार सङ्गितकार दिपक जङ्गम लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा गायक स्वरुप राज आचार्य, राज सिग्देल विश्व नेपाली अधिकारीको  विमोचन समारोहमा उपस्थित भएका थिए । एल्बममा ९ वटा गीतहरु समावेश गरिएको छ । 

उक्त कार्यक्रममा विश्व नेपाली र राज सिग्देलले आ-आफ्नो प्रस्तुति समेत राखेका थिए । सानै देखि आफ्नै आमाले लेखेका गीत कविताहरुबाट प्रभावित भएर नै उनी यो क्षेत्रमा लागेकी हुन् ।                                                             

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *