‘कोरोना नियन्त्रणमा लकडाउनमात्र पर्याप्त छैन’

चैत १२, काठमाडौं। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन मात्र पर्याप्त नभएको बताएको छ। महासचिव मोहन वैद्यले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई आवश्यक कदम चाल्न सुझाव दिएको छ।   

उनले विदेशबाट ठूलो संख्यामा मानिसहरु नेपाल भित्रिएकाले उनीहरुमध्ये धेरैमा कोभिड–१९ को संक्रमण हुन सक्ने भएकोले राज्य यसतर्फ गम्भिर हुनुपर्ने बताए। संक्रमितहरुको पहिचानका लागि व्यापक परीक्षण गर्ने, तिनलाई अनिवार्य रुपमा क्वारेन्टाइन र आइसोलेशनमा राखी संक्रमणको विस्तार हुन नदिने, संक्रमितहरुको उपचार गर्ने र उपचारमा संलग्न डाक्टर तथा नर्सहरु लगायत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुलाई संक्रमणबाट बचाउन आवश्यक सामग्रीको आपूर्ति गर्ने काममा राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको उनले भनाइ छ।   

संक्रमणलाई फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’को गरेपनि त्यो पर्याप्त नभएको भन्दै उनले यो स्थितिमा लकडाउन निर्वाध रुपमा कार्यान्वयन गराउन र आवाश्यक उपकरण जुटाउन सरकारसँग माग गरे। महामारीका बेला भ्रष्टाचारी, काला बजारिया, दलाल, माफिया, बिचौलिया र नाफाखोरहरुले औषधि, खाद्यान्न र इन्धन जस्ता दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाब सिर्जना गरी अनुचित फाइदा उठाउन खोजेको वैद्यले बताए।   

उनले विज्ञप्तिमा यतिबेला सिङ्गो देश कोभिड–१९ जस्तो भयानक महामारीको लपेटामा परेको र यसको प्रकोपलाई सिङ्गो राष्ट्र एक ढिक्का भएर मात्र सामना गर्न सकिने जनाए। ‘यो स्थितिमा, सरकारका सही निर्णयलाई निर्वाध रुपमा कार्यान्वयन गर्न, गलत र अप’रा निर्णय सच्याउनका लागि उपय’क्त आलोचनात्मक सुझावहरु दिन र महामारीका विरुद्ध एकतावद्ध भएर लड्न हाम्रो पार्टी नेपाल कम्यूनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) आम नेपाली जनतामा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =