पनौतीको कर्फ्यू हट्यो

काठमाडौँ । काभ्रेको पनौतीमा लागेको कर्फ्यूूू हटेको छ ।   

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार बिहानदेखि  पनौतीमा लगाएको कर्फ्यू हटाएको हो।   

मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश हटाइएको हो । 

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रु खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिका गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएसँगै स्थिति तनावग्रस्त बनेको थियो । 

सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना प्रहरी र तीन जना सर्वसाधारण घाइते भएपछि मंगलबार बिहानै प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =