प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विश्वस्त नभएसम्म डिस्चार्ज गरिन्न : चिकित्सक

फागुन २७, काठमाडौं । दोश्रो पटक गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुने ६ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् । 

प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले बताएकी छन् । 

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा डा.शाहले प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्ने बताईन् । उनले परिवारकै सदस्यबाट प्रधानमन्त्रीलाई थप केही दिन अस्पताल राख्न आग्रह गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराईन् ।   

प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि डा. शाहले बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =