एनआइसी एशिया बैंकको ‘जति धेरै Scan and Pay त्यति धेरै पैसा’ योजना

फाेटाेः गुगल 

फागुन ३०, काठमाडौँ ।  एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको QR Code Scan गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै Scan and Pay त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ ।   

यो योजना अवधिभर मर्चेन्टहरूले १५,००० रूपैयाँसम्म र ग्राहकले १,५०० रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नुहुनेछ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन्  । यो योजना अन्तर्गत ग्राहक तथा मर्चेन्टले आगामी चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख शर्त रहेको छ । 

Image result for NIC ASIA Bank

 बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पुर्याउने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *