अमेरिकाबाट अफवाह फैलाउने युवकलाई पक्राउ गरिने

चैत्र १०, काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)बारे अफवाह फैलाउने नयनराज पाण्डेलाई सरकारले कारबारही गर्ने भएको छ।
अमेरिकाको टेक्सास बस्दे आएका पाण्डेले कोरोना भाइरसबारे भ्रामक भिडियो बनाएका थिए। टेकु अस्पतालमा आफूले कोरोना भाइरसका कारण नेपालीको मृत्यु भएको देखेको भ्रामक भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
उक्त भिडियोले अफवाह फैलाएर आतंक श्रृजना गरेको निष्कर्ष सरकारको छ। एक मन्त्रीका अनुसार आइतबार बसेको मन्त्रीपरिषद् बैठकमा यस विषयमा छलफलसमेत भएको छ। पाण्डे जहिले नेपाल फर्के पनि पक्राउ गरेर प्रचलित कानुन बमोजिम कारबाही गरिने ती मन्त्रिले बताए।

पाण्डले आफूले अन्जानमा गल्ती गरेको भन्दै माफी मागेका छन्। सामाजिक सञ्जालमा आएका केही सामग्रीबाट प्रभावित भएको र आफूले गलत काम गरेको उनले उल्लेख गरेका थिए। उनले टिकटकमा पोस्ट गरेको भ्रामक सामग्री पनि डिलिट गरेको बताएका छन्।








