परीक्षा रोकिएपछि विद्यार्थीलाई घर पुर्याउँदै गाउँपालिका
२०७६ चैत ६ गते

चैत्र ६, स्याङ्जा । फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पु¥यादिन शुरु गरेको छ ।
यसका लागि सो गाउँपालिकाले बिहीबार विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पु¥याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो । फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पु¥याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।

यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।
रासस
२०७६ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








