कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १६ हजार नाघ्याे, ३ लाख बढी संक्रमित

फाइल तस्विर
चैत्र ११, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ ।
मंगलबारसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ५५८ पुगेको छ भने ३ लाख ८१ हजार ७६१ जना संक्रमित छन् ।

हालसम्म १ सय ८६ भन्दा बढी मुलुकमा फैलिएको कोरोनाका कारण विश्व त्रासमा छ । कयौँ देशहरुले सुरक्षा स्वरुप उडान, सीमा नाका बन्द गरिरहेका छन् । भारतले आफ्ना २२ भन्दा बढी राज्य लकडाउन गरिसकेको छ ।
कोरोना भाइरसको खतरा मध्यनजर गर्दै मंगलबारदेखि नेपाल सरकारले पनि देश ‘लकडाउन’ गरेको छ। मंगलबार देखि नै बेलायतले पनि देश ठप्प पारेको छ।
छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ भने नेपालमा दुई जनामा संक्रमण देखिएकोमा एक जना उपचारपछि निको भइसकेका छन् । इटालीमा ६ हजार बढीको मृत्यु भइसकेको छ भने चीनमा हाल काेराेना संक्रमण मृत्युदर घट्दो छ ।








