विप्लव समूहले लियो बाँस्कोटाको घरमा बम विस्फोट भएको जिम्मा
२०७६ फागुन २८ गते

फागुन २८, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले लिएको छ ।
बुधबार बिहान भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड कमिसन डिल गरेको अडियो काण्ड लगायत विभिन्न १० आरोप लगाउँदै विप्लव नेकपाले बाँस्कोटाको घरमा विस्फोट गराएको जनाएको छ।

२०७६ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








