‘जानकी प्रदेश’ अस्वीकृत

चैत्र ४, जनकपुर । प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन मंगलबार मतदान भइरहेको छ । यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको नाम ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ।
प्रदेश २ को प्रदेश सभामा मंगलबार भएको मतदानमा जानकीका पक्षमा जम्मा ३७ मत खसेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।
जम्मा १ सय ७ मतमध्ये जानकीका लागि ३७ मत मात्र प्राप्त भएकोले थियो । अब नेपाली काँग्रेसद्वारा प्रस्तावित नाम मिथिला भोजपुरामा मतदान हुँदैछ ।

सत्तारूढ समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा र केही सांसदले मध्य मधेश प्रस्ताव गरेका छन् ।
सबैभन्दा पहिले नामको विषयमा मतदान हुने र त्यसपछि राजधानीका विषयमा मतदान हुने बताइएको छ। जसमा नेकपाले राखेको ‘जानकी प्रदेश’बाट मतदान सुरु भएको हो। अन्य नाममा क्रमशः मतदान हुने बताइएको छ।
जुन नाममा पक्षमा दुईतिहाइ पुग्छ सोही नाम सदर हुने प्रावधान छ।








