आज साँझ प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन हुने

चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।   

उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहान भएको छलफलपछि प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न सम्बोधन गर्न लागेका हुन् ।   

प्रधानमन्त्रीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधन लगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्ने बताइएको छ । 

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेकाे बुझिएको छ ।   

तीनै च्यानलबाट निजी क्षेत्रका सञ्चारमाध्यमले पनि प्रधामनन्त्रीको सम्बोधन प्रसारण गर्न पाउने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =