उदयपुरबाट विप्लव समूहका नेता पक्राउ
२०७६ फागुन २९ गते

फाेटाेः गुगल
फागुन २९, उदयपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उदयपुर जिल्ला इन्चार्जलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
उदयपुरगढी ४ का जिल्ला इन्चार्ज जितबहादुर पुलामी मगरलाई बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थित चित्रबहादुर खपाङ्गी मगरको घरमा बसिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट तीन थान मोबइललगायत विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरिएको प्रहरीले जनाएको छ।
२०७६ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








