बिपन्न वर्गलाइ सोलार वितण

फाल्गुन २२, मोहन्याल । कैलालीको मोहन्याल गाउपालिकाको वडा न २ का २ सय ७० घर धुरी र वडा न ४ का ५३ घर धुरिलाइ एक कार्यक्रमबिच सोलार बितरण गरिएको छ ।
वडा न २ का नारङ्गे, नाउली, मालिका, चिलमचोरे लगाएतका गाउँमा सोलार जडान गर्न नसकेका समुदाय बस्दै आएका छ्न । वडा नं. ४ का सल्ली खर्क, बडिखर्क, र शान्तिपुर का ५३ घरधुरीका अति बिपन्न बर्गलाइ सोलार बितरण गरिएको वडा नं. २ का अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए ।
उक्त सोलार पाता, ब्याट्री ,चिम खरिद गर्न सुदूरपश्चिम प्रदेश सभाका सदस्य नन्द बहादुर साउदको सांसद बिकास कोषबाट वडा न २ मा २४ लाख , वडा न ४ मा ५ लाख सहित २९ लाख र गाउपालिकाको ४० प्रतिशत साझेदारीमा १२ लाख गरि कुल ४१ लखको लागतमा सोलार बितरण भएको हो ।

सोलार वितरण पछि वडा नं. २ र ४ का दर्जनौं गाउका बस्तिहरुमा उज्यालो छाउने भएको छ । अध्यारोबाट मुक्त भई उज्यालोमा परिणत हुदा गाउहरु झिलिमिली हुँदा स्थानिय बासिन्दाहरुमा खुशियाली छाएको शान्तिपुरका खेम पहराइले बताए ।








