भारतमा पनि बढे कोरोना संक्रमित
२०७६ फागुन २३ गते

फागुन २३, काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको बढेको छ । भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको हो ।
अधिकारीहरूका अनुसार गाजियावादमा नयाँ सङ्क्रमित भेटिएसँगै सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । भारतका संघीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले बिहीबार संसदमा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको बताएका थिए ।
थप दुई जनामा यो भाइरसको संक्रमण भेटिएपछि संख्या ३१ पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । त्यसमध्ये ३ जनाको सफल उपचार भएको बताइएको छ ।

२०७६ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








