गायक हेमन्त कान्छाको ‘माया मार्यौ रे’ सार्वजनिक

चैत्र ६, काठमाडाैँ ।  मौलिक सिर्जना मार्फत सबैको मन जित्दै छोटो समयमै सबै माझ आफ्नो दरिलो परिचय दिन सफल गायक सर्जक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘माया मार्याै रे’ भर्खर मात्र सार्वजनिक भएको छ । 

गीतलाई हेमन्त कान्छा र कमला पोख्रेलले आवाज दिएका छन् । निकै माैलिक शब्द तथा संगीत रहेको सो गीतलाई छोटो समयमै सबै दर्शक स्रोताले मन पराइएका छन् । 

लय तथा शब्द सिर्जना रहेको सो गीतलाई रमेश विक रसाइलीले निर्देशन गरेका हुन् ।  गायक कान्छाले आफ्नो विगतका गीत जस्तै यो मौलिक सिर्जनालाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताएका छन्  । 

गीतलाई हेमन्त कान्छाले आफ्नै यूट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।  

https://youtu.be/lDnEvugdys0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =