एनआरएनए अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई एक महिनासम्म निःशुल्क खाना खुवाउने

चैत्र ८, काठमाडौं । गैरआवासिय नेपाली संघ अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई एक महिना सम्म निःशुल्क भोजनको ब्यवस्था गर्ने भएको छ । उच्च शिक्षा अध्ययनका लागि नेपालबाट अस्ट्रेलिया आएर कोरोनाभाइरसको समस्याबाट प्रभावित नेपाली विद्यार्थीलाई संघले निःशुल्क भोजनको व्यवस्था गर्ने भएको हो ।   

संघको बिहीबार बसेको आकस्मिक बैठक बसेर अस्ट्रेलियाभर छरिएर रहेका नेपाली विद्यार्थीको हितकालागि निर्णय गरिएको संघका प्रवक्ता नन्द गुरुङले जानकारी दिएका छन् ।   

‘विद्यार्थीको हकमा तीस दिनसम्म र अन्यको हकमा पन्ध्र दिन भोजनको प्रबन्ध गर्ने र आवश्यक परेको खण्डमा अन्य अत्यावश्यक विषयमा पनि सहयोग गर्ने निर्णय भएको छ ।’ प्रवक्ता गुरुङले भने ।   

अस्ट्रेलियामा कोरोना भाइरसका कारण आवत जावतमै प्रतिबन्ध लगाइएको भए पनि केही दिन अघिसम्म नेपाली विद्यार्थी अस्ट्रेलिया आउने क्रम जारी रहेको थियो । 

एनआरएनको कल्याणकारी योजना अनुरूप विद्यार्थीलाई ध्यानमा राखेर खानपिनको व्यवस्थापन गरिन लागेको हो । यसका लागि विभिन्न राज्यमा राज्य समितिमार्फत् हट लाइन नम्बर प्रदान गरेर विद्यार्थीका समस्यालाई सम्बोधन गरी सहयोगको वातावरण बनाउने प्रयास गरिएको छ ।  

नेपालबाट अस्ट्रेलिया आइपुगेका कयैन् विद्यार्थीले कोठा र काम समेत नपाउने अवस्था रहेको र त्यसमाथि दुई हप्ता क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यताले धेरै समस्यामा रहेको बुझिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *