जब दुई युवतीले आफूहरु दिदीबहिनी भन्ने थाहा पाए…

फागुन २६, काठमाडौं । अत्यन्त नजिकको साथी यास्ले थोमस र लतोया विम्बरलेबीच धेरै कुरा समान थियो । 

सानोमा ती दुईको अगाडिको दाँतमा उस्तै खाली भाग देखिन्थे । दुवैको गालाको भाग केही उठेको थियो । तिनको छालाको रङ्ग र जुत्ताको आकारमा पनि उही हुन्थ्यो । 

संगीतदेखि फेसनसम्म दुबैका धेरै रुचि मिल्थ्ये । यहाँसम्म की एक समय ती दुईका प्रेमी एउटै घरका दाजुभाइ थिए । 

सन् २००४ मा एउटा बर्थडे पार्टीको भेट भएपछि दुई जना आत्मीय भएका थिए । अहिले सत्र वर्षपछि पनि दुई जना नजिकको सम्बन्ध कायम राखिरहेका छन् । आजको दिनमा दुईबीच फोन संवाद नभएको दिन हुँदैन । 

‘हामीहरु एकअर्कासँग गमले टाँसेजसरी टासिरहेका हुन्छौं,’ थोमसले बताइन् । सानोमा ती एकअर्कालाई दिदी बहिनी भनेर सम्बोधन गर्थे । 

यो वर्षको फेब्रुअरीमा, ती दुई साँच्चैको दिदीबहिनी भएको पत्ता लागेको छ । 

‘कुनै पजल खेलजस्तो एक्कासी सबै कुरा मिल्यो र हामी दिदीबहिनी भएको जस्तो लाग्छ,’ थोमसले भनिन् । 

पजलको सुरु यही वर्षको जनवरीमा भयो जब २९ वर्षकी विम्बरलीले आफ्नो इन्गेजमेन्ट मनाउन पार्टीको आयोजना गरेकी थिइन् । 

३१ वर्षे थोमसले पार्टीको फोटो आफ्नो फेसबुकमा शेयर गरिन् । केही फोटोमा विमबर्लीकी पिता केनेथ विमबली पनि थिए । 

अनलाइनमा फोटो हेरिरहेकी थोमसकी आमाकी मिल्ने साथीले केनेथलाई कतै चिनेको जस्तो लाग्यो ।  

‘यास्लेको आमाको मिल्ने साथीले उनी, यास्लेको आमा र केनेथ युवाकालमा सँगै हिँडडुल गरेको बताइन् । यास्लले जब यो कुरा मलाई बताइन् मलाई खासै विश्वास भएन । त्यसले मैले उनको आमाको ती मिल्ने साथीको फोटो पठाउन भने । उक्त फोटो मैले बुवालाई देखाएर त्यसमा रहेको मानिसलाई चिन्नुहुन्छ भनेर सोधें ।’ 

केनेथले तत्कालै ती महिलालाई चिने र पछि जब थोमसकी आमाको फोटो देखाइयो, उनले ती महिलालाई राम्ररी चिनेको र युवाकालमा दुईबीच छोटो समय रोमान्टिक सम्बन्ध रहेको पनि बताए । 

त्यो क्षणमा, केनेथलाई थोमसको जैविक पिता अझै थाहा नभएको बताइयो । त्यसपछि कतै केनेथनै उनको पिता त होइनन् भन्ने प्रश्न उब्जियो । 

त्यो जान्नको लागि डिएनए टेस्ट गर्ने निर्णय भयो । 

फेब्रुअरी २१ डिएनएको परीक्षणको नतिजा आउँदा केनेथ नै थोमसको पिता भएको प्रमणित भयो ।  

‘डिएनए परीक्षणको परिणाम सार्वजनिक हुँदा म काममा थिएँ,’ थोमसले भनिन्, ‘जब उनी मेरो पिता भएको थाहा भयो तब मेरो सम्पूर्ण शरीर नै शीतल भएझैं भयो । मैले केही सोच्न सकिनँ । त्यसपछि मेरो बोली पनि फुटेन ।’ 

थोमस १५ वर्षको उमेर हहुँदा उनलाई पाल्ने व्यक्ति उनको जैविक पिता नभएको थाहा भएको थियो । 

११ वर्षअघिनै बितेकी उनको आमाले पनि उनको वास्ताविक पिताबारे केही बताएकी थिइनन् । थोमसले हालको नयाँ पहिचानलाई ‘सुन्दर’ र ‘अत्यन्त भावनात्मक’ बताइन् ।  

खासमा सानैदेखि नै केनेथ विभिन्न अवसरमा उनको घरमा आइरहेका हुन्थे । ‘थाहै नपाई उनले मेरो पिताको भूमिका निभाइरहेका रहेछन्,’ उनले भनिन् । तर एकअर्कासँग नजिक भए पनि नयाँ पहिचानको बानी पार्न समय लाग्ने तीनजनाको बुझाई छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *