आजदेखि जिएसएम मोबाइलमा कोरोनासम्बन्धी रिङ व्याक टोन बज्ने

चैत्र, ६ काठमाडौं । नेपाल टेलिकमले आजदेखि जिएसएम मोबाइल नम्बरको रिङ व्याक टोन परिवर्तन गरेको छ । टेलिकमले महामारीको रुपमा विश्वभर फैलिइरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)  संक्रमण रोकथामका लागि मोबाइलमै सचेतनामूलक  रिङ व्याक टोन सेवा प्रदान गेर्ने भएको हो ।   

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको संक्रमणको उच्च जोखिममा रहेको भनी प्रक्षेपण गरेको छ । यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ ।   

जसअनुसार स्वदेश तथा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।   

यस्तै, कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ ।   

कम्पनीका सेवाहरुको महशुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भएपनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्न टेलिकमले अनुरोध गरेको छ ।   

भुक्तानीका वैकल्पिक उपायहरु   

(१) रिचार्ज कार्ड,   

(२) इलेक्ट्रोनिक भुक्तानी (एमपोस),   

(३) कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ तथा मोबाइल एप्लिकेसन,   

(४) ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बंैकिङ र (५) कुनैपनि बंैकको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने ।   

उक्त भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण र सोबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त दुरुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने र स्वस्थ र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा/इन्टरनेट आदि सेवाहरु उपयोग गर्न अनुरोध गरेको छ । 

मुलुकको आवश्यकता र ग्राहकको सुविधाका लागि कम्पनीले कुनैपनि विषम परिस्थितिमा संभव भएसम्म सबै प्रयासहरु जारी राख्ने व्यहोरा पनि जानकारी गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *