विप्लवका कार्यकर्ता चितवनबाट पक्राउ
२०७६ चैत ८ गते

चैत ८ चितवन । प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ता चितवनको रत्ननगरबाट पक्राउ परेका छन ।
नेत्र विक्रम चन्द (विप्लव) समूहको विधार्थी संगठन अखिल क्रान्तिकारी रत्ननगर नगर संयोजक २२ वर्षीय आक्रोश भनिने प्रबिण आचार्यलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार शाहाले जानकारी दिए ।
उनको साथवाट बिप्लप समुहका विभिन्न किसिमको प्रचा ,पम्पलेट ,विभिन्न कार्यक्रमका तस्विरहरु, दस्तावेजहरु फेला पारेको थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहाले बताए ।
null
यस अघि पनि प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द (विप्लव) समूहका रत्ननगर संयोजक गञ्ज सिं गुरुङलाई पक्राउ गरेको थियो भने अनुसन्धान समेत जारी रहेको ईप्रका टाँडीले जानकारी दिएको छ ।
२०७६ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








