नेपालका दुई दर्जन भन्दा बढी साप्ताहिक पत्रिका बन्द हुने

चैत्र ७, काठमाडौँ । नेपालका दुई दर्जन भन्दा बढी साप्ताहिक पत्रिका बन्द हुने भएका छन् । 

जनआस्था, दृष्टि, देशान्तर साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायतका पत्रिकाहरु बन्द हुन लागेको हो ।   

कोरोना भाइरस (कोभीड–१९) को त्रासको कारण  केही समयको लागि बन्द गरिन लागेको पत्रिकाका सम्पादकले शुक्रबार सामूहिक सूचना निकालेर जानकारी गराएका हुन् । 

साप्ताहिक पत्रिकाहरु बन्द भएपनि बैकल्पिक माध्यामका रुपमा अनलाइनबाट सूचना प्रवाह गरिने जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *