कोरोना भाइरसबारे भ्रम फैलाउने जोकोही पनि कारवाहीमा पर्ने

चैत्र ५, काठमाडौं । विश्वभरि माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाउने जोकोहीलाई पनि कारबाही गरिने भएको छ ।   

बुधबार  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले उक्त निर्णय गरेको हो ।   

बैठकमा  कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत  सर्वसाधारणहरुमा यस भाइरसबारे अनावश्यक  भ्रम फैलाउने जोकोहीलाई पनि विद्यमान कानून अनुसार कारवाही गर्ने निर्णय  गरिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =