शङ्खरापुरमा चार एकान्तवास र नौ क्वारेन्टाइन

चैत १५, काठमाडौं । शङ्खरापुर नगरपालिकाले कोरोनाको सङ्क्रमणबाट बचाउन चार शैंया एकान्तवास (आइसोलेसन) र नौ शैंया क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

सुष्मा कोइराला मेमोरियल र पिपुल्स लाइफ केयर अस्पतालमा दुई–दुई एकान्तवासको व्यवस्था गरिएको नगरप्रमुख सुवर्ण श्रेष्ठले राससलाई जानकारी दिए । नगरपालिकाको वडा नं ९ स्थित इन्द्रायणीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नौ शैंयाको क्वारेन्टाइन व्यवस्था गरिएको उनले बताए । 

नगरपालिकाले वडावडामा गठन भएका विपद् व्यवस्थापन समितिमार्फत मास्क, स्यानिटाइजर वितरण र साबुनपानीले हात धुने जनचेतना फैलाउन थालेको छ । मुख्य मुख्य चोकमा पानी र साबुनसहित हात धुने व्यवस्था गरिएको छ । मास्क, स्यानिटाइजर जस्ता कोरोनाबाट बच्न आवश्यक सुरक्षा सामग्री नगरभित्रै उत्पादनका लागि पहल गर्ने निर्णय समेत नगर कार्यपालिकाले गरेको छ । 

null

बाहिरबाट नगर छिर्ने व्यक्तिका लागि सहयोग कक्षको स्थापना गर्न लागिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । खाद्य सङ्कट हुन नदिने गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *