यी हुन् घरेलु हिंसाको शिकार भएका भारतीय अभिनेत्रीहरु

फागुन १९, भारत ।  घरेलु हिंसाको शिकार सामान्य महिला मात्रै होइन सेलिब्रेटी पनि उत्तिकै भएका छन् । निकै चर्चित महिलाहरु पनि घरेलु हिंसाको शिकार भएका छन् । यसका केही उदाहरण हुन् बलिउड अभिनेत्रीहरु । जो आफ्ना पतिबाट हिंसाको शिकार भएका थिए । 

करिश्मा कपूरले आफ्ना श्रीमानले अत्याचार गरेको खुलाएकी थिइन् । प्रसिद्ध अभिनेत्री हुँदाहुँदै पनि उनले १३ वर्ष श्रीमानको हिंसाको शिकार भइरहिन् । उनले जब कुटपिट, बेइज्जती सहन सकिनन् त्यसपछि सम्बन्धविच्छेद गरिन् । 

श्वेता तिवारी पनि घरेलु हिंसाको शिकार भइन् । उनी पहिलो श्रीमान राजा चौधरी र दोस्रो श्रीमान अभिनव कोहली दुवैको हिंसाको शिकार भइन् । अभिनवले श्वेता र उनकी छोरीमाथि कुटपिट गर्न सुरु गरेपछि श्वेताले सहिनन् र तुरुन्त छोडिदिइन् । 

कुनै समयकी बोल्ड अभिनेत्री जीनत अमानलाई उनका श्रीमानले पूरै होटलका कर्मचारीको अगाडि पिटेका थिए । जसको कारण उनको आँखामा समस्या आयो भने उनको बंगरासमेत भाँचिएको थियो । ८० को दशकमा चर्चित बनेकी अभिनेत्री रति अग्निहोत्री पनि घरेलु हिंसाको शिकार भएकी थिइन् । उनले सन् १९८५ मा अनिल विरवानीसँग विवाह गरेकी थिइन् । उनका श्रीमानले उनलाई कुटपिट गर्ने गर्थे । 

डिम्पीका श्रीमान राहुलले उनलाई बारम्बार कुटपिट गर्ने गर्थे । विवाह भएको ४ महिनामै दुवैको सम्बन्ध बिग्रियो र उनीहरुको सम्बन्धविच्छेद भयो ।  बलिउड र टेलिभिजनमा परिचित अनुहार दीपशिखा नागपाल पनि घरेलु हिंसाको शिकार भएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =