प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो
२०७६ फागुन २३ गते

फागुन २३, काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई ठोस आहार दिन थालिएको छ ।
रासस

२०७६ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








