‘प्रेम गीत ३’ मा पुष्करको यस्तो रुप

फागुन २०, काठमाडौँ । चलचित्र ‘प्रेम गीत ३’मा कलाकार पुष्कर कार्कीको  क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको । ‘प्रेम गीत ३’ मा कार्की पनि  मुख्य कलाकार मध्येका एक कलाकार हुन् । 

सार्वजनिक पोष्टरमा उनलाई एक योद्धाको रुपमा देखाईएको छ । चलचित्रमा पुष्करसँगै  प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापा लगायत कलाकारको अभिनय रहेको छ ।   

डेढ सय वर्ष अगाडिको प्रेमकथाको बिषयमा बनाईएको यस चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन गरेका हुन् ।  ‘प्रेम गीत–३ लाई  ‘प्रेम गीत’, ‘प्रेम गीत–२’, ‘चंखे संखे पंखे’, ‘मेरी मामु’ निर्माण गरेको आसुशेन फिल्म प्रोडक्सनले’ निर्माण गरेको हो ।   

चलचित्रको छायाँकन राजेश श्रेष्ठले गरेका हुन् । जसमा कल्यान सिंहको संगीत, कविराज गहतराजको नृत्य रहेको छ । गीतको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् ।  ‘प्रेम गीत ३’ आगामी चैत २८ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =