पेट्रोल छैन भनि लुकाउने मैतीदेवी पेट्रोल पम्पलाई दुई लाख जरिवाना

चैत्र ५, काठमाडौँ । मौज्दात रहेपनि पेट्राेल बिक्री नगरिएकाे भेटिएपछि सरकाले मौतिदेवी पेट्रोल पम्पलाई जरिवाना गरेको छ । ४ हजार लिटर पेट्रोल मौज्दात राखि बिक्री बन्द गरेको पाइएको भन्दै उक्त पम्पलाई दुई लाख रुपैंया जरिवाना गरेको हो ।   

अनुगमनमा निस्किएको आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको संयुक्त अनुगमन टोलीले जरिवाना गराएको हो ।   

मंगलबार राती अनुगमनका निस्किएको टोलीले पम्प पेट्रोल छैन भनेको ट्याग टाँसिएको देखेपछि चेकजाँच गर्दा ४ हजार लिटर पेट्रोल रहेको पाइएको जनाएको छ ।  निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द नै छन् ।   

इन्धनका लागि सर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ । 

यसैबीच आयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही हुने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कत्रिम अभाव सिर्जना गराइ उपभोत्तालाई भयभित बनाएको जनाउँदै निगमले कडा कारबाही गर्ने चेतावनी दिएको हो । ‘ 

यस्तो अवस्थामा उपभोक्तालाई भयावित गराई फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेताको स‍लग्न पाएमा कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *