प्रेमीले मोटी भनेर ब्रेकअप दिएपछी ५७ किलो घटाएर जेन बनिन् ‘मिस ग्रेट ब्रिटेन’

फागुन २० ।  २६ वर्षकी जेन एटकिन्सले मोटोपनका कारण आफूलाई छोड्ने प्रेमीलाई पाँच वर्ष पछि नै सही तर यस्तो जवाफ दिएकी छिन् जसका सायद उनले कहिले पनि कल्पना नै गरेका थिएनन् । 

 नर्थ इस्ट लिंकनशायरको ग्रिम्सबीकी जेनले यी वर्षमा ५७ किलो तौल कम गरेर आफूलाई फिट मात्रै बनाइनन् केहि दिन अघि मिस ग्रेट ब्रिटेनको उपाधि पनि जितिन् । पाँच वर्षमा जेनले आफ्नो जीवनको सहयात्री पनि भेटेकी छिन् र उनले विवाह पनि गरिसकेकी छिन् । 

विवाह पछि यस्ता कुनै प्रतिस्पर्धामा भाग लिने उनको कुनै योजना नभएको बताउने मि ग्रे ब्रिटेनले विवाहित महिलाले पनि भाग लिन पाउने भन्दै आफ्नो नियम परिवर्तन गरेपछि उनले कार्यक्रममा भाग लिएको बताइन् । जीवनको यो मोडमा पुगेपछि आफूले जुन खुसी पाएकी छिन् त्यो अभूतपूर्व भएको उनी बताउँछिन् । 

जब प्रेम सम्बन्ध समाप्त भयो त्यसपछि लागेको थियो जीवन सकियोः 

जेनले भनिन्, ‘मैले यो उपाधि जितेकोमा अहिले पनि चकित छु, त्यसकारण आफ्नो खुसी शब्दमा बयान गर्न सकिरहेको छैन । साँच्चै भन्ने हो भने म ब्रिटेनको सबैभन्दा सुन्दर महिला बनेको छु भन्दा विश्वास नै लागेको छैन । मिस ग्रेट ब्रिटेन एउटा यस्तो वास्तविकता हो जसमाथि विश्वास गर्न मलाई समय लाग्नेछ । जसले मेरो पुरानो तस्बिर हेरेका छन् वा जसले मलाई भेटेका छन् उनीहरुले त भन् यो कुरा कसरी विश्वास गर्लान् र ?’ 

उनी थप्छिन्, ‘मैले आफ्ना पूर्व प्रेमीलाई भेट्दा मेरो तौल ८८ किलो थियो जुन बिस्तारै ११४ किलोसम्म पुगेको थियो । हामी विवाह गर्ने तयारीमा थियौं तर मेरो बढ्दो तौलका कारण उनले सम्बन्ध समाप्त गरे । जब उनले मलाई छोडे तब मेरो जीवन नै समाप्त भएको जस्तो लागेको थियो । म हप्तादिनसम्म रोइरहेँ र तनाव हुँदा खानाले नै मेरो साथ दियो । यद्यपि, त्यतिबेला मैले जिम जानुलाई सबैभन्दा राम्रो निर्णय मान्छु । जब म जिम जान थालेँ तब म एक भिन्न जेन बनेकी छु ।’ 

पहिलो गीत सन् २०१८ मा रिलिजः 

‘मिस ग्रेट ब्रिटेन बन्नु एक भिन्न अनुभव हो । तीन वर्षसम्म मैले यस्तो कुनै प्रतिस्पर्धामा भाग लिनेछु भनेर सोचेकी पनि थिइनँ,’ उनले भनिन् । ‘अब यसको बिजेता बनेकी छु । मेरो शरीरमा निकै परिवर्तन आएको छ तर मेरो व्यक्तित्व त्यस्तै छ र यसै कारण मैले प्रतिस्पर्धा जितेकी हुँ ।’ 

जेन एक मोडल हुनुका साथै कन्ट्री सिंगर पनि हुन् र सन् २०१८ मा उनको पहिलो गीत रिलिज भएको थियो । यो वर्ष उनी आफ्नो अर्को गीत पनि रिलिज गर्ने तयारीमा छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *