सिटिजन्स बैंकद्वारा सुर्खेतमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा संचालन

चैत्र ९, काठमाडौं । सिटिजन्स बैंकले सुर्खेतमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा संचालन गरेको छ । बैंकले विरेन्द्र नगरपालिका– ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनमा शाखा स्थानान्तरण गरी बैंकिंङ कारोबार संचालन गरेको हो ।   

बैंकले उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु ( डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।   

बैंकले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । सुर्खेतलाई केन्द्रविन्दु बनाएर क्रियाशील रहेका गैर सरकारी संस्थाहरुको आर्थिक कारोवारलाई सहजीकरण गर्न यस शाखाले विभिन्न योजनाहरु  संचालन गर्दै आएकोमा त्यसलाई थप प्रभावकारी र परिस्कृत गर्न विभिन्न आकर्षक योजनाहरु आफ्नै सुविधा सम्पन्न भवनबाट संचालन गर्ने कुरा बैंकले जनाएको छ ।  आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु¥याँउने हेतुले विभिन्न नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने विश्वास बैंकले लिएको छ ।   

null

हाल ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख  ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । 

साथै बैंकले भिडभाडबाट कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै बैंकले ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।             

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *