‘राज्य जनताको अभिभावक हो, कोरोना भाइरस संक्रमण भइहाले सम्पूर्ण उपचारको जिम्मा लिन्छ’ स्वास्थ्यमन्त्री

चैत्र २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा सरकार अभिभावकको भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा कोरोना भाइरसका बारेमा विशेष समय लिएर बोल्दै मन्त्री ढकालले सरकारले नेपालमा कोरोना भाइरस प्रवेश गर्नै नदिने रणनीति सरकारले बनाएको बताउँदै यदि रोग प्रवेश गरीहालेमा नियन्त्रण र उपचारका लागि विशेष तयारी गरिरहेको बताए ।   

‘कोरोना भाइरस पोजेटिभ भए राज्यले सम्पूर्ण उपचारको जिम्मेवारी लिनेछ । सरकार जनताको स्वास्थ्य उपचारका लागि प्रतिबद्ध छ ।’ उनले भने ।  मन्त्री ढकालले सरकारले कोरोना भाइरस संक्रमणविरुद्ध विभिन्न सामाजिक संस्था, स्वास्थ्य संस्था, रेडक्रस, अस्पताल, मेडिकल कलेजहरुसँग समन्वय र सहकार्य गर्ने रणनीति बनाएको जनाए ।   

कोरोना भाइरस उपचारका लागि सरकार काठमाडौं उपत्यकामा १२०, उपत्यका बाहिर ११५ वटा गरी २३५ वटा आइसियूको ब्यवस्था गर्न जुटेको जानकारी दिए । भने, १५५ वटा आइसोलेटेड बेडको ब्यवस्था गरिएको जनाए । साथै उपत्यका र देशका सबै अस्पतालहरुसँग सहकार्य र समन्वय गरेर सतर्कता अपनाइएको बताए । ‘उपत्यकाका तीन वटा अस्पतालहरुलाई केन्द्रित गरेर उपचारको ब्यवस्था गरिन्छ । जनताको उपचारको जिम्मा राज्यको हो, राज्य अभिभावक भएर उपचारको ब्यवस्था गर्छ ।’ उनले भने ।   

मन्त्री ढकालले संक्रमण प्रवेश गरीहाले प्राथमिकताका साथ उपचार गराउन औषधी औजारहरु जोहो गर्न सरकार लागेको जनाए । प्रत्येक प्रदेशहरुमा दुई वटा अस्पतालहरुलाई केन्द्रमा राखेर औषधी र उपकरण ब्यवस्थापन गर्न लागिएको जिकिर गरे ।   

उनले सरकारको प्राथमिकता कोरोना संक्रमण प्रवेश गर्नै नदिने योजना बनाएको बताए । सार्वजनिक स्थल, यातायात, सिनेमाहल, स्कुलहरु तत्कालै बन्द गर्नुपर्ने अवस्था नरहेकोले परिस्थिति सापेक्ष अनुरुप निर्णय गर्ने बताए ।   

मन्त्री ढकालले एसइइ परीक्षाका विषयमा पनि चैत्र ४ गतेपछिको अवस्था हेरेर निर्णय गर्ने जनाए । मुलुकभर करीब ५६ लाख विद्यार्थी अध्ययनरत रहेको मध्ये कक्षा १ देखि ९ कक्षा सम्म ५० लाख विद्यार्थीको परीक्षा चैत्र ५ गतेसम्म सकिने जानकारी दिए । उनले करोनोना भाइरस नेपालमा प्रवेश गरी नसकेको हुनाले एसइइ परीक्षाको अबको दुई तिन दिन हेरेर सेड्युल बनाउने जानकारी दिए ।   

मन्त्री ढकालले कोरोना भाइरसको उपचारको ट्रेन हेर्दा ८० प्रतिशत संक्रमित सामान्य उपचारबाट निको भएको, १५ प्रतिशत आइसोलेटेडबाट र ५ प्रतिशत अति जोखिमयुक्तमा राखेर उपचार गरिएको जनाउँदै नेपालले पनि सोहि अनुरुप तयारी र सतर्कता अपनाइएको दावि गरे । मन्त्री ढकालले कोरोना भाइरस विरुद्ध टेक्निकल कामकालागि मुख्य सचिवको संयोजकत्वमा कमिटि गठन गरिएको बताउँदै कमिटिले प्रत्येक दिन बैठक गरेर काम गरिरहेको जनाए ।   

उनले विदेशबाट अत्यावश्यक रुपमा नेपाल आउनुपर्दा ७ दिन जाँच गरेर सर्टिफिकेट ल्याएको खण्डमा प्रवेश गर्न दिइने निर्णय भएको बताउँदै विदेशीलाई १४ दिन क्वारेन्टाइनमा बस्ने ब्यवस्था गरिएको र नेपालीलाई होम क्वारेन्टाइनमै बस्नुपर्ने भनिएको बताए ।   

नेपालको सन्दर्भमा फागुन १८ गतेको क्याविनेटले उपप्रधान रक्षामन्त्रीको संयोजकत्वमा ८ जना मन्त्रीहरु सम्मिलित समिति गठन गरेर काम गरिररहेको र दिन विराएर बैठक बसिरहेको जानकारी गराउँदै सातै प्रदेशमा समेत समिति गठन गरेको, कमिटिको तर्फबाट एकीकृत योजना बनाउन सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक मन्त्रीहरुको बैठक आयोजना गरेको जानकारी दिए । 

उनले युरोप, अमेरिका, अस्ट्रेलिया प्रति कोरोना भाइरसको फैलावट पछि जोखिम बढेको प्रति नेपाल सतर्क रहेको जनाउँदै भारतमासमेत फैलिएपछि चुनौति बढेकोले देशका सानाठूला १२९ नाकाहरु मध्ये ४३ वटा नाकामा स्वास्थ्य विन्दु स्थापना गरेर चेकजाँचमा कडाइ गरिएको बताए । तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउनेलाई ब्यवस्थापन गर्ने कार्य अगाडी बढाएको बताए । साथै १२८ स्थानीय तहहरुलाई २१ बुँदे निर्देशन दिइएको भन्दै सिडियो र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन पनि दिइएको जनाए ।   

सरकारले अस्पतालमा काम गर्ने जनशक्तिलाई जोखिमबाट जोगाउन आवश्यक पलह गरेको, कुटनितीक भिसाहरु बैशाख २८ गतेसम्मका लागि बन्द गरिएको, विदेश जाने विद्यार्थीलाई डेढ महिनासम्म रोक लगाइएको तथा श्रम स्विकृति बन्द गरिएको र अन्तराष्टिय कार्यक्रमहरु समेत स्थगित गरेर उच्च सतर्कता अपनाएको दावि गरे ।   

कोरोना भाइरस (कोभिन १९) पहिलो पल्ट डिसेम्बर ३१ का दिन चिनमा देखापरेको थियो । त्यसपछि जनवरी ९ मा नेपालमा एक जना विद्यार्थीमा देखापरे पश्चात  जनवरी १३ तारिकमा स्वास्थ्य परिक्षण गरेर उपचार पश्चात नेगेटिभ समेत भइसकेको छ ।  मुलुकमा अहिलेसम्म ४६४ जनाको कोरोना भाइरस परीक्षण गर्दा सबैको नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको दावि छ । नेपालमा अहिलेसम्म एक जनामा पनि भेटिएको छैन ।   

कोराना भाइरस अहिलेसम्म विश्वका १५२ वटा राष्ट्रमा फैलिएको छ । जसमा ४६ देशमा मृत्यु हुनेको संख्या पुगेको छ भने, अहिलेसम्म विश्वभर १ लाख ५६ हजार संक्रमित भएका छन् । जसमा ५,८३९ को मृत्यु भएको छ । ७५,९०० उपचारपछि घर फर्किएका छन् । जसमा ७४,९०० जना संक्रमित रहेको तथ्यांक छ । ती मध्ये ९२ प्रतिशत सामान्य संक्रमित रहेका छन् । ८ प्रतिशत जोखिम अवस्थामा रहेका छन् ।   

कोरोना भाइरसबाट बढि उमेर समुहका ब्यक्तिमा मृत्युदर बढिरहेको देखिएको छ । ८० वर्ष माथिका ब्यक्तिहरुमा १४. ८ प्रतिशत मृत्युदर रहेको छ । ७० वर्षदेखि ७९ उमेर समुहमा ८ प्रतिशत, ६० देखि ६९ उमेर समुहमा  ३.६ प्रतिशत, ५० देखि ५९ वर्ष उमेर समुहमा १.३ प्रतिशत र ४० वर्षदेखि ४९ वर्षसम्म ०.४ प्रतिशत मुत्युदर देखिएको छ ।   

१० वर्षदेखि ३९ वर्ष उमेर समुहमा ०.२ प्रतिशत मुत्युदर रहँदा जन्मदेखि ९ वर्ष उमेर समुहमा अंकमा गणना हुने अवस्था छैन । अहिलेसम्म यो रोग क्यानडाका उपप्रधानमन्त्रीको श्रीमती प्रभावित भएकी छिन् । अस्ट्रेलियाको गृहमन्त्री, बेलायतको स्वास्थ्यमन्त्री, इरानको उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्रीमा संक्रमण देखिएको छ ।   

संसदको इतिहासमा इरानका ५५ वर्षिय एक जना सांसदको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मंगोलियाको राष्ट्रपति चीन भ्रमणपछि १४ दिने क्वारेनटाइनमा रहेका छन् । अहिले कोरोना भाइरस चीनमा नियन्त्रणमा आइरहेको छ भने, इटाली र यूरोपमा बढि फैलिइरहेको देखिएका छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =