होटलको नाममा यौनधन्दा, संचालकसहित चार पक्राउ

फागुन २०, काठमाडौँ । होटलको नाममा यौनधन्दा संचालन गर्ने बनेपाका बिभिन्न स्थानमा संचालित दुई होटल संचालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीका अनुसार होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएका बनेपा नगरपालिका–८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र वडा नं ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धर लाई पक्राउ गरिएको हो ।  

होटल सगरमाथा एन्ड गेष्टहाउसबाट संचालक मानन्धरसहित अवैध यौनधन्दामा संलग्न भएको आरोपमा अन्य दुई महिलालाई समेत पक्राउ गरिएको छ ।  मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका चाँदनी भन्ने मनमाया तामाङ भने फरार रहेको  इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।  

निरीक्षकतिमिल्सिनालेका अनुसार पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाई सकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =