समीक्षालाई आफ्नो भन्दाबढि प्रधानमन्त्रीको चिन्ता

फागुन २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी समीक्षा संग्रौलाले आफ्नो भन्दाबढि प्रधानमन्त्रीको चिन्ता रहेकाे बताएकी छिन् ।
आइतबार प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समीक्षालाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खोज्दा यस्तो बताएकी हुन् ।
समीक्षाको चिन्ता उद्धृत गर्दै सल्लाहकार रिमालले ट्वीट गरेका छन्, ‘एकपटक मामालाई भेट्न मन लागेको छ । मैले भनेँ–तपाईं पहिलो भिजिटर हुुनुहुनेछ । ‘आफ्नो भन्दा प्रमको स्वास्थ्यको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बाहिरएँ’, रिमालले समीक्षाप्रति सम्मान प्रकट गर्दै लेखेका छन् ।

गत बुधबार प्रधानमन्त्री ओलीलाई आफ्नो एक मिर्गौला दान गरेकी समीक्षा प्रधानमन्त्री ओलीसँगै हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
नाताले प्रधानमन्त्री ओलीको भाञ्जी पर्ने समिक्षाले आफ्नो मिर्गौला देशको हितको लागि प्रधानमन्त्रीलाई दान गरेको बताउँदै आईरहेकी थिईन् ।








