यो प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरमा ‘चारवटा मिर्गौला’

फागुन २१, काठमाडौं । सबै परीक्षण सकारात्मक देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण हुँदैछ । 

पूर्वनिर्धारित योजनानुसार नै शल्यक्रिया तथा अन्य प्रक्रिया सुरु हुने प्रा. डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । १२ वर्षअघि भारतमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए । अहिले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । डा. ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि अब चारवटा हुनेछन् । 

‘मिर्गौला फेर्ने भनेको झिकेर नयाँ लगाउने नभई नयाँ लगाउने मात्रै हो,’ उनले भने, ‘उहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो । अब अहिले लगाउने चौथो हो ।’ 

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ । मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि सुरु हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *