कोरोना भाइरसः वनकाे बाघले नखाएपनि मनकाे बाघले खाइसक्याे ! (यी १६ कुरा हेर्नुहाेस)

चैत्र ६, काठमाडौं । नेपालमा कोरोना भाइरस भित्रिइ नसकेको अवस्थामा जनजिवन भने त्रस्त भएको छ । अहिले नेपालीलाई कोरोना भाइरसको त्रास यसरी बढेको छ कि, उनीहरुलाई वनको बाघले खावोस कि नखाओस मनको बाघले खाइसक्यो । विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसका सन्दर्भमा सकारात्मक भन्दा नकारात्मक समाचार बढि आएपछि धेरैलाई कोरोना फोवियाकै लक्षण देखा पर्न थालेको छ ।   

नेपालमा समेत विभिन्न सञ्चार माध्यमले सकारात्मक भन्दा नकारात्मक सञ्चारलाई प्राथमिकताका साथ प्रकाशित गर्नाले आम जनमानसमा आवश्यक्ता भन्दा बढि चिन्ता र त्रास फैलिएको छ । हालसम्म नेपालमा एक जनालाई पनि कोरोना भाइरस नभएको अवस्थामा सञ्चार माध्यममा भने विश्वब्यापी असरलाई जोडेर छिनछिनमै समाचार प्रकाशित हुँदा सर्वसाधारणमा चिन्ता बढेको देखिएको छ ।   

कोरोना भाइरसकै कारण दैनिक उपभोग्य वस्तुहरु ग्याँस, प्रेटोलियम पदार्थ तथा खाद्यान्न संकट पर्ने भन्दै ती सामग्री जोहो गर्नेहरुको संख्या बढ्दै गएको तथा कतिपय मानिसहरु सार्वजनिक स्थानमा हिँडडुल गर्न सकेत डराईरहेका छन् ।   

कोरोना भाइरस सचेतना फैलाउनु, सचेत रहनु नराम्रो कुरा छैन तर, हामी कहाँ आवश्यक्ता भन्दा बढि त्रास फैलाएर जनजिवन प्रभावित गर्ने काम भइरहेको भने देखिन्छ । यसै सन्दर्भमा कोरोना भाइरसरको आतंकबाट त्रसित बिश्वबासीलाई क्यानाडाको ‘ग्लोबल पब्लिक अफेयर्स’ले कोरोनाबारे शुभ समाचार अभियान दिने गरेको छ । यस अन्तर्गत १६ शुभ समाचार दिएको छ ।   

कोरोना भाइरस नियन्त्रणका लागि हालसम्म भएका प्रयास 

१. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो । 

२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन् । बिरामीहरुमा निम्न औषधि चलाइएको थियोः opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine.  भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्। 

३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् । 

४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड–१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्कएकी छिन् । 

५. एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुनः सञ्चालनमा ल्याएको छ । 

६. क्लेभिल्यांड क्लिनिकले कोभिड–१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ । 

७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ । 

८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु । 

९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन् । 

१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड–१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन् । 

११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड–१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ । 

१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड–१९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ । 

१३. टुल्सा गाउँको पहिलो कोभिड–१९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ । कोभिड–१९ निको हुने रोग हो भनेर यसले देखाएको छ । 

१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन् । 

१५. कोभिड–१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ । 

१६. अमेरिकाको सियाटलमा कोभिड–१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ । 

श्रोतः ग्लोबल पब्लिक अफेयर्स, क्यानाडा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *