‘नेपाल प्रहरी किन अपराध तर्फ’ सांसद मिना सुब्बा

फागुन २९, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले नेपाल प्रहरी प्रशासनभित्र बढ्दो अपराध नियन्त्रण गर्न सरकारले केही गर्न नसकेको जिकिर गर्दै संसदको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधिसभाको आजको शुन्य समयमा बोल्दै नेतृ सुब्बाले जनताको शान्ति सुरक्षाको जिम्मा दिएको नेपाल प्रहरी नै अपराध तर्फ उन्मुख भइरहेको जिकिर गरेकी छिन् ।
सांसद सुब्बाले ५ वर्षमा ११ हजार प्रहरी कारवाहीमा पर्नु राज्यको लागि चुनौतिको कुरा रहेको बताएकी छिन् । पछिल्लो समय प्रहरीहरु कानुनी राज्य स्थापना गर्न भन्दा पनि अपराध र अपराधीको संरक्षणमा लागेको जनाएकी छिन् ।

उनले ललितपुरमा एक प्रहरीले महिला माथि गरेको दुब्र्यहार र कुटपिटको घटना निन्दनिय भएको बताउँदै ३३ किलो सुन प्रकरणमा पनि प्रहरी मुछिँदा पछिल्लो समय जनताले प्रहरी प्रशासन प्रति विस्वास गुमाउँदै गएको पनि बताइन् ।
उनले राज्य संयन्त्रले प्रहरी भित्रको अराजकता नियमन नगर्ने हो भने भोली समाजमा प्रहरी प्रशासनले गर्ने काम कारवाही प्रति जनताको आस्था र विस्वास गुम्दै जाँदा कानुनी शासनको अन्त्य समेत हुने बताइन् ।








