जनरल इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न

फागुन १९, काठमाडौँ ।  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा यही फाल्गुुण १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ ।   

उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो । 

 सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *