काठमाडौंको तीनथानमा किशोरीमाथि सामूहिक बलात्कार

सांकेतिक तस्वीर  

चैत्र ५, काठमाडौं । काठमाडौंमा एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छिन् । चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले घटनामा संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । 

तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । 

पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–१ का २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप, गोकुलगंगा गाउँपालिका–२, का १९ वर्षीय कपिल खड्का छन् । 

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *