प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार(विज्ञप्तिसहित)

फागुन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ ।   

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । 

प्रधानमन्त्री ओलीले नियमित खानपान, हिँडडुल र व्यायाम गरिरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

Image may contain: text

ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =