लुकाएर राखेको मास्क र स्यानिटाइजर बरामद

चैत्र, ९ विराटनगर । कोरोना भाईरस (कोभिड १९) को चौतर्फि हल्लासँगै सर्जिकल माक्स र स्यानिटाइजर व्यापारीले लुकाएर राखेको अवस्थामा अनुगमन टोलीले बरामद गरेको छ ।   

११ हजार बढी मास्क र ४ सय सेनिटाइजर विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्सले लुकाएर राखेको अवस्थामा आईतबार सर्जिकल टोलीले बरामद गरेको हो । 

बजारमा मास्क र सेनिटाइजरको कालोबजारी भइरहेको बिषयमा सरोकारवालाहरुले गुनासो गरिरहेको बेला विराटनगर महानगरपालिकाका प्रतिनिधी, औषधी व्यवस्था विभाग र प्रहरी समेतको अनुगमन टोलीले मास्क बरामद गरेको हो ।   

अनुगमन टोलीले सर्जिकल सामान र औषधीको थोक विक्रेता रहेको श्री सर्जीइम्पेक्सको गोदाममा लुकाएर राखेको ११ हजार ३ सय ५० थान मास्क र सेनिटाइजर बरामद गरेको हो ।   

राजेस अग्रवालले संचालन गरेको श्री सर्जीइम्पेक्सको गोदावबाट बोरा भित्र लुइराखेको अवस्थामा अनुमगनको टोलीले फेला पारेको विराटनगर महानगरपालीकाका फोकल पर्सन रमेश कार्कीले जानकारी दिए । सर्जिइम्पेक्सबाट बरामद सेनिटाइजरमा एमआरपी मुल्यसमेत नखुलेको अवस्थामा अनगमनका क्रममा भेटिएको कार्कीले बताए ।   

बजारमा अभाव भइरहेको सर्जिकल मास्क लुकाएर राख्ने श्री सर्जीइम्पेक्सका संचालक राजेस अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा आएको टोलीले नियन्त्रणमा लिएको हो ।   

कालो बजारीमा संलग्न अग्रवालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड ङ को कसुर बकोजिमको कसुर गरिएको देखिएकाले सोही ऐनको दवा ३९ को उपदफा १ खण्ड ख अनुसार ३ लाख जरीवाना सहित कारबाही गरिने  जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =