डिजेल, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले घट्यो
मकालु खबर
२०७६ चैत ३ गते
चैत ३, काठमाडौं । डिजेल पेट्रोल र मट्टितलेको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले आज मध्य राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।
निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएको छ भने एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।
नयाँ कायम गरिएको मूल्य अनुसार अब डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९० रुपैयाँमा उपभोक्ताहरुले पाउने निगमले जनाएको छ ।
मकालु खबर
२०७६ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित