सम्बोधन गर्ने क्रममा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार
मकालु खबर
२०७६ फागुन १८ गते
फागुन १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
दर्शकदिर्घाबाट उनीमाथि जुक्त प्रहार भएको हाे । यद्यपी उनलाई ताकेर जुत्ता प्रहार भएको भएपनि उनलाइ उक्त जुत्ताले लागेन ।
राष्ट्रिय सभागृहमा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
प्रचण्डलाई नेकपा समर्थित कार्यकर्ता जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन । तिरुवालाई तत्कालै सुरक्षाकर्मिले नियन्त्रणमा लिएकाे छ ।
मकालु खबर
२०७६ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित