ग्याँसको समस्या छैन, नियमित आपूर्ति भैरहेको छ : गोकुल भण्डारी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत्र ४, काठमाडौं । नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको बताए ।
अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् ।
उनले भने,‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।’
उनले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको डाटा सुनाउँदै अहिले त्यतिनै मात्रामा आपूर्ति भैरहेकोले कुनै समस्या नहुने जिकिर गरे ।
उनले भने,‘आवश्यकत्ताभन्दा बढि आपूर्ति नगरौं, यसो गर्न सकियो भने अहिलेको समस्या आफैं समाधान हुन्छ ।’ उनले भारतबाट समयमै ढुवानी भैरहेको र कुनै असर नपरेको पनि स्पष्ट पारे ।
भण्डारीले काठमाडौं उपत्यकामा मात्रै दैनिक ४० देखि ५० हजार सिलिण्डिरको खपत हुने गरेको सुनाए ।
उनले भने,‘अहिले ३८ वटा उद्योग (डिलर) ले सेवा दिईरहनुभएको छ ।’ उनले कुन डिलरबाट कति ग्याँसल वितरण भएको छ ? भन्नेबारे आफूहरुले संस्थाको वेबसाईटमै आधिकारिक रुपमा अपडेट गर्न लागेको पनि सुनाए ।
उनले ग्याँसको सामान्य र नियमित खपतमा कुनै समस्या नभएको जिकिर गरे ।
उनले भने,‘आवश्यकत्ताभन्दा बढि होल्ड नगरौं, सुरक्षाको दृष्टिकोणले पनि राम्रो होईन्।’ उनले नियमित ग्याँस आईरहेकोले नआँत्तिन समे आम उपभोक्तालाई आग्रह गरे । उनले थपे,‘ग्याँस आपूर्तिको लागि बोर्डरमा समेत कुनै समस्या छैन् ।’
उनले ग्याँस लुकाउने कुरै नहुने भन्दै गलत गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले भने,‘हामीले पनि गलत गर्नेलाई कारबाही गर्न सरकारलाई सहयोग पुर्याउँछौं ।’
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)