लकडाउन उल्लंघन गर्ने २ हजार बढी नियन्त्रणमा
२०७६ चैत १८ गते

फाइल तस्विर
चैत्र १८, काठमाडौं । विश्वभर फैलिएको कारोना महामारीको जोखिमबाट मुलुकलाई जोगाउन सरकारले गरेको लकडाउनको उल्लंघन गर्ने २ हजार भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान ९ बजेसम्म उपत्यकाभरिबाट २ हजार ३ सय ८२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट एक हजार ४ सय ६७ पुरूष र ३८० जना महिला, भक्तपुरमा चार महिलासहित ५० जना र ललितपुरमा एक सय ६ महिलासहित चार सय ८६ जनालाई नियन्त्रणमा लिएको हो ।
लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिइ कोरोना भाइरसबारे जनचेतना दिँदै छोड्ने गरेको छ ।
२०७६ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








